कोरोना बिरुद्ध खोप

बेलायतले पनि बनायो कोरोना बिरुद्ध खोप; अरु ३० करोड डोज निर्माण गर्न आदेश

बेलायत खोप निर्माण

बेलायत, ३१ साउन। बेलायतले पनि कोरोना बिरुद्ध खोप निर्माण गरेको छ। बेलायती फार्मास्यूटिकल कम्पनी फाइजरद्वारा निर्माण गरिएको कोभिड १९ खोपले प्रारम्भिक क्लिनिकल परीक्षणमा सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार गरिसकेको छ ।

बेलायत सरकारले खोपको ३० करोड डोज निर्माण गर्न आदेश दिएको छ । कोभिड भाइरस रोक्नको लागि अत्यन्त आशाजनक ठानिएको यो अर्को खोप हो । न्यूयोर्कमा स्थित फाइजर कम्पनी, अमेरिकाका विश्वविद्यालयहरू र अस्पतालहरूले गरेको यस इन्जेक्सनको प्रारम्भिक मानव परीक्षणले आशाजनक नतिजा उत्पादन गरेको छ।

खोप प्राप्त गर्ने मानिसहरूको प्रतिरोध क्षमतमा पहिलेको भन्दा सुधार आएको छ । खोप परीक्षण गरिएका मानिसहरुमा यसको कुनै खतरनाक साइड इफेक्टहरू देखा परेन तर केहीले भने सामान्यतया टाउको दुख्ने र थकान महसुस गरेको गुनासो गरेका थिए । समाचारपत्रमा खबर छ ।

फाइजरले निर्माणको प्रयास गरिरहेको यो खोपको नाम बीएनटी१६२बी१ राखिएको छ । यस खोपको परीक्षणले एक आशाजनक नतिजामा देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटी र इम्पीरियल कलेज लन्डनले बनाएको खोप समेत मानव परीक्षणमा सफल हुने प्रारम्भिक संकेत देखिएको छ ।

कोभिडविरुद्ध खोप निर्माण गर्ने पहिलो राष्ट्र भने रसिया बनेको छ । रसियाले कोभिड १९ विरुद्ध निर्माण गरेको खोप मानव परीक्षणमा समेत सफल भएको जनाइएको छ ।

vaccine

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्