पहिरो

लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८, पहिरोले ३७ घर पुरिए

काठमाडौं, ३२ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ भने ३७ घर पहिरोले पुरिएको छ । यस्तै पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् ।

झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेका छन् । कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं, ३२ साउन । मोरङमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपलिका ३ घर भएकी ५७ बर्षिया र मोरङ तिनपैनी ५० बर्षिया महिला रहेकी छन् ।

५७ वर्षीया ती महिलाको गएराति विराटनगर स्थित माडवाडी शेवा सदनको आईसुलेसनमा मृत्यु भएको हो । प्रदेश १ सामाजिक विकस मन्त्रालयले जनाए अनुसार विहीबार गरिएको पिसिआर परीक्षणमा महिलामा कोरोना संक्रण पुष्टि भएको थियो । महिलालाई केही समयदेखि सुगर प्रेसर र दम रहेको थियो ।

अर्की ५० बर्षीया महिलाको सुनसरी स्थित बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आइतबार मृत्यु भएको हो । विराटनगरको न्यूरो हस्पिटलबाट रिफर भएर प्रतिष्ठान आएकी उनको उपचारका क्रममा निधन भएको वीपी प्रतिष्ठान स्रोतले जनाएको छ ।

उनमा चार/पाँच दिनदेखि अत्याधिक ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समेत गम्भीर समस्या भएको थियो । मृतक विगत लामो समयदेखि मुटु र फोक्सोको रोगी भएको बताइएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्