मृत्यु

छोरा आइसोलेनसमा: घरमा आमाको शंकास्पद मृत्यु

विराटनगर, ३२ साउन । विराटनगरमा एक कोरोना संक्रमित पुरुषकी आमाको शंकास्पद मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको हो ।

मृतकको बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । तर, उनको मृत्यु भइसक्दा पनि मृतक वृद्धाको रिपोर्ट आइसकेको छैन । मृतकमा ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएको थियो ।

मृतक वृद्धाको ५६ वर्षीया छोरालाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि मंगलबार विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेनसमा भर्ना गरिएको छ ।

वृद्धाका छोरा प्रदेश १ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृत हुन् । छोरालाई कोरोना संक्रमण पुष्टि भएसंगै परिवारलाई पनि ‘कन्ट्याकक्ट ट्रेसिङ’गर्दै परीक्षणको दायरामा ल्याइएको थियो ।

बुधबार उनकी वृद्धा आमा, श्रीमती, दाजु, भाउजू, छोरा तथा दाजुका छोरी र ज्वाईको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर, पीसीआर परीक्षणका लागि दिइएका आमासहित उनका पारिवारिक नाता सम्बन्धका ६ जनाकै रिपोर्ट चार दिनसम्म पनि प्राप्त भइनसकेको छैन ।

रिपोर्ट आउन ढिलो हुँदा मृतक वृद्धाको शव व्यवस्थापन अन्योलमा परेको छ । वृद्धाको कोरोना रिपोर्ट पोजेटिभ आए सेनाले शव व्यवस्थावन गर्ने छन् भने नेगेटिभ आए परिवारलाई अन्त्येष्टिका लागि दिइने महानगरको भनाइ छ ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं, ३२ साउन । मोरङमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपलिका ३ घर भएकी ५७ बर्षिया र मोरङ तिनपैनी ५० बर्षिया महिला रहेकी छन् ।

५७ वर्षीया ती महिलाको गएराति विराटनगर स्थित माडवाडी शेवा सदनको आईसुलेसनमा मृत्यु भएको हो । प्रदेश १ सामाजिक विकस मन्त्रालयले जनाए अनुसार विहीबार गरिएको पिसिआर परीक्षणमा महिलामा कोरोना संक्रण पुष्टि भएको थियो । महिलालाई केही समयदेखि सुगर प्रेसर र दम रहेको थियो ।

अर्की ५० बर्षीया महिलाको सुनसरी स्थित बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आइतबार मृत्यु भएको हो । विराटनगरको न्यूरो हस्पिटलबाट रिफर भएर प्रतिष्ठान आएकी उनको उपचारका क्रममा निधन भएको वीपी प्रतिष्ठान स्रोतले जनाएको छ ।

उनमा चार/पाँच दिनदेखि अत्याधिक ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समेत गम्भीर समस्या भएको थियो । मृतक विगत लामो समयदेखि मुटु र फोक्सोको रोगी भएको बताइएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्