death

नदीमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं, ३२ साउन । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् ।

लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन् ।

बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको प्रहरीले जनाएकोे छ । मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं, ३२ साउन । मोरङमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपलिका ३ घर भएकी ५७ बर्षिया र मोरङ तिनपैनी ५० बर्षिया महिला रहेकी छन् ।

५७ वर्षीया ती महिलाको गएराति विराटनगर स्थित माडवाडी शेवा सदनको आईसुलेसनमा मृत्यु भएको हो । प्रदेश १ सामाजिक विकस मन्त्रालयले जनाए अनुसार विहीबार गरिएको पिसिआर परीक्षणमा महिलामा कोरोना संक्रण पुष्टि भएको थियो । महिलालाई केही समयदेखि सुगर प्रेसर र दम रहेको थियो ।

अर्की ५० बर्षीया महिलाको सुनसरी स्थित बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आइतबार मृत्यु भएको हो । विराटनगरको न्यूरो हस्पिटलबाट रिफर भएर प्रतिष्ठान आएकी उनको उपचारका क्रममा निधन भएको वीपी प्रतिष्ठान स्रोतले जनाएको छ ।

उनमा चार/पाँच दिनदेखि अत्याधिक ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समेत गम्भीर समस्या भएको थियो । मृतक विगत लामो समयदेखि मुटु र फोक्सोको रोगी भएको बताइएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्