भ्याक्सिन

रुसको चेतावनी; भ्याक्सिनमा राजनीति गरेकोमा अमेरिकाले जवाफ दिनुपर्नेछ

विश्‍वकै पहिलो कोरोना भ्याक्सिन बनाएको दाबी गरेपछि रुसले विश्‍वका अन्य देशलाई सहयोग गर्ने इच्छा देखाइरहेको छ। रुसका अधिकारीले सिएनएनलाई बताए अनुसार कोरोना भाइरसको भ्याक्सिनलाई लिएर अमेरिकाको अपरेशन वार्प स्पिडलाई सहयोग प्रस्ताव गरिएको छ।

अपरेशन वार्प स्पिड एजेन्सी अमेरिकाले कोरोनाका बिरामीको उपचार र चाँडो भन्दा चाँडो भ्याक्सिन बनाएर मानिससम्म पुर्‍याउनु रहेको थियो। अधिकारीका अनुसार अमेरिकाले रुसबाट कुनै पनि किसिमको स्वास्थ्य सहायता लिन इन्कार गरिदिएको छ। रुसका एक वरिष्ठ अधिकारीले सिएनएनलाई भने, ‘रुसलाई लिएर अमेरिका सदैव सन्देहास्पद स्थितिमा रहन्छ। मलाई लाग्छ भ्याक्सिन, परीक्षण र उपचार जस्ता प्रविधिमा हाम्रो मद्दत नलिनु पनि त्यही अविश्वासको नतिजा हो।’

ह्वाइट हाउसकी प्रेस सचिव कायले म्याकनीले राष्ट्रपति ट्रम्पलाई रुसको भ्याक्सिनबारेमा जानकारी दिइएको छ। म्याकनीले अमेरिकी भ्याक्सिन तेस्रो चरणको कठिन परीक्षण र उच्च मानकबाट गुज्रनुपर्ने हुन्छ। एक अन्य अमेरिकी अधिकारीले सिएनएनलाई बताए अनुसार अमेरिकाले रुसको आधा-अधुरो भ्याक्सिनलाई कहिले पनि गम्भीरतापूर्वक लिएन।

अमेरिकाका सार्वजनिक स्वास्थ्य अधिकारीले भने, ‘रुसले जुन भ्याक्सिन बनाएको छ, त्यसको प्रयोग हामी केबल बाँदरमा मात्रै गर्छौं।’ अर्कातिर रुसका अधिकारीहरुले आफ्नो भ्याक्सिनबारे विश्‍वलाई जानकारी दिन तयार रहेको जनाएको छ। यसलाई अमेरिकी औषधि कम्पनी आफ्नो देशमा पनि रुसको भ्याक्सिन बनाउन सक्ने जनाएको छ।

रुसले पहिले पनि अमेरिकाका केही कम्पनीले रुसको भ्याक्सिनबारे जान्‍ने चासो देखाएको जनाए। तर उनले ती कम्पनीको नाम खुलाउन चाहेनन्। रुसले आफ्नो भ्याक्सिनलाई लिएर अमेरिकाले गम्भीर विचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। स्तुपनिक-५ भ्याक्सिनले कयौँ अमेरिकीको ज्यान बचाउन सक्ने दाबी रुसले गरेको छ।

रुसको चेतावनी; भ्याक्सिनमा राजनीति गरेकोमा अमेरिकाले जवाफ दिनुपर्नेछ

रुसका एक वरिष्ठ अधिकारीले सीएनएनसँग भने, ‘यदि हाम्रो भ्याक्सिन सबैभन्दा राम्रो सावित भएको अवस्थामा अमेरिकामाथि यस विकल्पको गहिराइमा पुगेर विचार नगरेकोमा प्रश्‍न उठ्ने छ। भ्याक्सिनमा राजनीति गरेकोमा पनि उसले जवाफ दिनुपर्नेछ। तर अमेरिकी अधिकारीले भने भ्याक्सिनको परीक्षण नै नभएको जनाएको छ। ‘भ्याक्सिनको कुनै परीक्षण भएको छैन। यस भ्याक्सिनमाथि रुसले धेरै कम काम गरेको छ।

मानवीय परीक्षण पनि एकदमै थोरैमाथि गरिएको छ। यसले यो भ्याक्सिन धेरै मानिसमाथि सफल हुन्छ भन्‍ने टुंगो छैन। यो विवरण पूरै असुरक्षित र अपर्याप्त छ।’ अमेरिकी प्रशासनका एक अन्य वरिष्ठ अधिकारीले रुसको भ्याक्सिनलाई मजाक बताउँदै उसले आफ्नो तेस्रो चरणको ट्रायल पूरा नगरेको जनाएको छ।

यसैले न त विश्व स्वास्थ्य संगठन र न नै अमेरिकाले यसलाई गम्भीरतापूर्वक लिएका छन्। रुसको भ्याक्सिनको तुलनामा अमेरिकालाई चीनको भ्याक्सिनमा धेरै विश्‍वास छ। अमेरिकी सरकारका सल्लाहकारले भने, ‘भ्याक्सिनको दौडमा चीन जीतको सबैभन्दा नजिक छ। भ्याक्सिनको परीक्षणलाई लिएर चीन ज्यादा गम्भीर छ र चीनले यो जिम्मेवारीमा चीन खरो उत्रिएको छ।’ एजेन्सी

सम्बन्धित खबर
सफलतापुर्बक रुसले प्रयोगमा ल्यायो कोरोना विरुद्धको पहिलो खोप: डब्लुएचओ अझै असन्तुष्ट

काठमाडौं, २८ साउन। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बाट सबै प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्र’भावित छन्। विभिन्न देशमा कोरोना भाइरसको खोप बनाउने काम भईरहँदा रुसले पनि कोरोना विरुद्धको पहिलो खोप तयार गरेको छ ।

यो कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप हो, जुन तयार भैसकेको छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् ।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो। पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए। उनले यो भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको त्यहाका संचार माध्यमले जनाएको छ।

पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गरेका छन्। उक्त खोप ए’डिनोभा’इरससँग आधार भएर तयार गरिएको र खोपमा (कोभिड-१९) का मृ’त त’त्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गा’मालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

भ्याक्सिन
भ्याक्सिन
डब्लुएचओको यस्तो प्रतिक्रिया:

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकसित गरेको भ्याक्सिनको मूल्यांकन गर्न यसबारे केही जानकारी नभएको बताएको छ । विश्व स्वास्थ्य संगठनअन्तर्गत पर्ने पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘रुसले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको छु । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन ।’

भ्याक्सिन बनाउने जो सुकैले पनि यो प्रक्रियाको पालना गर्नुपर्छ र भ्याक्सिन सुरक्षित भएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको भनेर सुनिश्चित गर्नुपर्छ । गत हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोना विरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो ।

अन्य देश कोरोना भ्याक्सिन बनाउन कति नजिक ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उनको वैज्ञानिकले कोरोना भाइरसको यस्तो भ्याक्सिन तयार गरेको दाबी गरेका छन् जुन कोरोना भाइरसका लागि अत्यधिक प्रभावकारी छ । यो खोपलाई मानिसमा दुई महिनासम्म परीक्षण गरिएको र सुरक्षा मापदण्डमा खरो उत्रिएको दाबी गरिएको छ ।

यो भ्याक्सिनलाई रुसके स्वास्थ्य मन्त्रालयले पनि मञ्जुरी दिएको छ । अब रुसमा धेरैभन्दा धेरै व्यक्तिलाई यो भ्याक्सिन दिन सुरु गरिने बताइएको छ । यद्यपि, रुसले जुन तीब्र गतिमा कोरोनाको भ्याक्सिन हासिल गरेको दाबी गरिरहेको छ त्यसले वैज्ञानिकको जगतमा चिन्ता निम्त्याएको छ ।

तर भ्याक्सिन बनाउने होडबाजीमा लागेको रुस पहिलो देश भने होइन । सयभन्दा बढी भ्याक्सिन सुरुवाती चरणमा छन् र २० भन्दा बढी भ्याक्सिन मानिसमाथि परीक्षण भइरहेको छ ।

अमेरिकामा ६ प्रकारको भ्याक्सिनमाथि काम भइरहेको छ र अमेरिकाका चर्चित कोरोना भाइरस विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि वर्षको अन्तसम्म अमेरिकासँग एक सुरक्षित र प्रभावकारी भ्याक्सिन हुने बताएका छन् ।

ब्रिटेनले पनि कोरोनाभाइरस भ्याक्सिनको विषयमा चार सम्झौता गरेको छ । एस्ट्राजेनेकाले कोरोना भ्याक्सिनको १० करोड खुराक तयार गरिरहेको छ । अक्सफोर्ड युनिभर्सिटीमा वैज्ञानिक काम गरिरहेका छन् र औषधी कमपनी जिएसके र सनोफी पनि यसको उपचार खोजिरहेको छ ।

मंगलबार इन्डोनेशिया र मेक्सिकोले आफ्नो देशमा पनि कोरोना भ्याक्सिनको अन्तिम चरणको क्लिनिकल ट्रायल चलिरहेको बताएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्