death

कोरोना मुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको चार घण्टा नबित्दै मृत्यु

वीरगन्ज, ३२ साउन । कोरोना संक्रमण मुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको चार घण्टा नबित्दै वीरगन्जमा एकजनाको शं’कास्पद मृत्यु भएको छ ।

मृत्‍यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवारको मृत्यु हुन । उनी नारायणी अस्पताल विषेश कोरोना अस्थायी वीरगन्ज हेल्थ केयर अस्पतालबाट शनिबार राति कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए ।

नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछी उनलाई डिस्चार्ज गरिएको थियो । उनलाई डिस्चार्ज भएको समयमा नै झाडा पखाला र अक्सिजनको मात्रामा पनि कम भएकोले थप उपचारको लागि राम्रो अस्पतालमा भर्ना गर्न कोबिड अस्पतालका चिकित्सकले सल्लाह दिएका थिए ।

कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले कलवारलाई थप उपचारका लागि अन्य अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले त्यतिखेरै सुझाव दिएका थिए ।

त्यसपछि आफन्तले कलवारलाई कोभिड अस्पतालबाट डिस्चार्ज भएपछि वीरगन्जमै रहेको नारायणी बयोधा अस्पतालको आईसीयुमा भर्ना गरेका थिए । उपचारकै क्रममा शनिबार राति साढे ११ बजे कलवारको मृत्यु भएको नारायणी बयोधा अस्पताल प्रशासनले बताए छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चार घण्टापछि मृत्यु भएपछि परीक्षण रिपोर्टमा परिवारजनमा शंका उत्पन्न भएको छ ।

मृतकका आफन्तले पुनःस्वाब परीक्षणको माग गरेका छन् । मृतकको साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शव नारायणी बयोधा अस्पतालमै राखिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्