तीज

तीज र गौरा पर्व मनाउन रो’क

काठमाडौँ, ३२ साउन। सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हि’न्दू महिलाको महान प’र्व हरितालिका तीज मनाउन बैतडीमा रो’क लगाइएको छ । कोरोना भाइरसको जो’खिम न्यूनीकरणका लागि जिल्लामा चा’डपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ ।

तीज, गौराजस्ता प’र्वहरु नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भीडभाड नहुने गरेर मात्रै चा’डपर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

नि’त्यपूजा र घरायसी पू’जाबाहेक सा’मूहिकरूपमा गौरा, तीजजस्ता पर्व मनाउँदा कोरोनाको जो’खिम बढ्ने भएकाले सामूहिकरूपमा चाडपर्व मनाउन रो’क लगाइएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ । उनले भने, “यस्ता पर्वलाई अहिलेलाई घरभित्रै मनाउन आग्रह गरिएको छ ।”

गौरा पर्व भदौ १० गते परेको छ भने तीज भदौ ५ गते रहेको छ । यस्तै जिल्लामा सबै प्रकारका भेला, सेमिनार, गोष्ठी, तालिमलगायत भी’डभाड हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय भएको छ । यसैगरी भारत अथवा तेस्रो मुलुकबाट फर्केका नागरिकलाई अनिवार्य स्थानीय तहको क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउनका लागि स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय भएको छ ।

यस्तै स्थानीय तहहरुले आफ्नो क्षेत्रमा सङ्क्रमणको दर हेरेर लकडाउन गर्न सक्ने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आएमा सो कार्य कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले स्वा’स्थ्य सेवा, सु’रक्षा र सा’र्वजनिक सेवा प्रवाहका लागि अ’ग्रमोर्चामा काम गर्ने सम्पूर्ण कर्मचारी, स्वा’स्थ्यकर्मी, सु’रक्षाकर्मी, जनप्रतिनिधिलगायतको पिसीआर परीक्षण गर्ने निर्णयसमेत भएको छ ।

बैतडीमा हाल ३२३ कोरोना सङ्क्रमित छन् । तीमध्ये चार जना मात्रै स’क्रिय सङ्क्रमित रहेको स्वा’स्थ्य कार्यालयले जनाएको छ । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्