death

छोरा आइसोलेसनमा, छिमेकी घरमा पस्न नमान्दा वृद्धाको शव दाहसंस्कार हुन सकेन

विराटनगर, ३२ साउन। विराटनगर ३ स्थित एक परिवारमा एक वृद्धाको मृत्यु पश्चात उक्त वृद्धाको घरमा छरछिमेकी जान नमान्दा दाहसंस्कार हुन सकेको छैन। परिवारमा कोरोना संक्रमण पुष्टि भएपछि छरछिमेकी घरमा पस्न नमान्दा ८७ वर्षीया वृद्धाकाे अन्त्येष्टि हुन नसकेकाे हाे। कोरोना पुष्टि भएसंगै उनका ५६ वर्षीय छोरा गत मंगलबारदेखि आइसोलेसनमा छन् भने बुहारी र नातिको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

स्याहारसुसार गर्ने बुहारी र त्यही घरमा बस्ने नातिको रिपोर्ट पोजेटिभ आएपछि वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि छरछिमेकी घरमा पसेर अन्त्येष्टि गर्न लैजान शव उठाउनलाई डराइरहेको स्थानीयले बताए ।

मृत्यु भएकी वृद्धामा पनि ज्वरो आउने लगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको स्थानिय बताउँछन् । वृद्धाको नियमित स्याहारसुधार गर्नेसँगै मृत्यु भएपछि रातभर रुँघेर बुहारी र नाति बसेका थिए ।

वृद्धाको रिपोर्ट नेगेटिभ आएपछि विराटनगर महानगरपालिकाले शवको दाहसंस्कार गर्न परिवारलाई अनुमति दिएता पनि गर्मीका कारण सडेर शव गन्हाउन सक्ने अवस्था आइसकेकाे वडाअध्यक्ष विनोद बस्नेत बताउछन् ।

सम्बन्धित समाचार :-

विराटनगर, ३२ साउन । विराटनगरमा एक कोरोना संक्रमित पुरुषकी आमाको शंकास्पद मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको हो ।

मृतकको बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । तर, उनको मृत्यु भइसक्दा पनि मृतक वृद्धाको रिपोर्ट आइसकेको छैन । मृतकमा ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएको थियो ।

मृतक वृद्धाको ५६ वर्षीया छोरालाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि मंगलबार विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेनसमा भर्ना गरिएको छ ।

वृद्धाका छोरा प्रदेश १ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृत हुन् । छोरालाई कोरोना संक्रमण पुष्टि भएसंगै परिवारलाई पनि ‘कन्ट्याकक्ट ट्रेसिङ’गर्दै परीक्षणको दायरामा ल्याइएको थियो ।

बुधबार उनकी वृद्धा आमा, श्रीमती, दाजु, भाउजू, छोरा तथा दाजुका छोरी र ज्वाईको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर, पीसीआर परीक्षणका लागि दिइएका आमासहित उनका पारिवारिक नाता सम्बन्धका ६ जनाकै रिपोर्ट चार दिनसम्म पनि प्राप्त भइनसकेको छैन ।

रिपोर्ट आउन ढिलो हुँदा मृतक वृद्धाको शव व्यवस्थापन अन्योलमा परेको छ । वृद्धाको कोरोना रिपोर्ट पोजेटिभ आए सेनाले शव व्यवस्थावन गर्ने छन् भने नेगेटिभ आए परिवारलाई अन्त्येष्टिका लागि दिइने महानगरको भनाइ छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्