पहिरो

लिदी पहिरो : १९ जनाको शव भेटियो, अन्यको खोजी जारी

लिदी पहिरो अपडेट

सिन्धुपाल्चोक,०१ भदौ। नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ लिदीमा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीयको सहयोगमा हालसम्म चार महिला, तीन पुरुष, पाँच बालिका र सात बालकको शव फेला पारेको छ ।

सेनाका ४७ जनाले उक्त पहिरामा परी हराइरहेका २० व्यक्तिको खोजी कार्य अझै जारी राखेको जानकारी दिइएको छ । रासस

सम्बन्धित खबर

काठमाडौं, ३२ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ भने ३७ घर पहिरोले पुरिएको छ । यस्तै पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टरमा लिदी पुगेका छन् ।

झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेका छन् । कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ ।

लिदी पहिरो

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्