चेतन चौहान

मन्त्री चौहानको कोरोना संक्रमणका कारण मृत्यु

भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । ७२ वर्षीय चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको उहाँका भाइ पुष्पेन्द्रले पुष्टि गरेका हुन् । चौहानको गुरुग्राम मेदान्त अस्पतालमा कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी उपचार हुँदै आएको थियो ।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन । प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटर र मेहनती राजनेताको रुपमा स्मरण गरेका छन ।

चौहानको अन्त्येष्टि भोली हुने जनाइएको छ । पूर्व भारतीय क्रिकेटरसमेत रहनुभएका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । (एजेन्सी)

यो पनि पढ्नुहोस् :-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । रोबर्टको ७१ वर्षको उमेरमा निधन भएको हो। राष्ट्रपति ट्रम्पले भाइ रोबर्टको न्युयोर्कस्थित कोर्नेल मेडिकल सेन्टरमा निधन भएको पुष्टि गरेका छन् । उनको मृत्युको कारण भने खुलाइएको छैन ।

ट्रम्प शनिबार भाइलाई भेट्न अस्पताल पुगेका थिए । उनले पत्रकारसँग कुरा गर्दै उनी जटिल परिस्थीतिमा रहेको प्रतिक्रिया दिएका थिए ।

भाइको निधनपछि ट्रम्पले रोबर्ट उनको भाइ मात्रै नभएर मिल्ने साथि पनि रहेको बताएका छन् । रोबर्ट सधै आफ्नो सम्झनामा रहने पनि उनले बताए । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्