नारायणी नदी

नारायणी नदीमा बग्दै गरेको केटो देखिएपछि…

चितवन, १ भदौ । नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी दुईरतीन वर्षको केटो खोजीका लागि सम्बन्धित पोष्टबाट परिचालन गरिएको भए पनि उद्धार गर्न नसकिएको हो ।

उनले भने, “कतै उत्रियो वा बगेर गयो, थाहा हुन सकेन ।” यसअघि विसं २०७४ मा आएको बाढीसँगै बढेको राप्ती र नारायणीले बगाएर धेरै गैँडा भारत पुगेका थिए ।

भारत र नेपाली सीमाबाट १३ वटा गैँडा उद्धार गरी निकुञ्ज ल्याइएको थियो । अरु थप गैँडा भारतीय भूमिमा भएको अनुमान छ । यस वर्ष पनि गत साता राप्ती नदीमा डुबेको अवस्थामा गैँडा मृत भेटिएको थियो ।

बरालले अर्को गैँडाले हानेर गम्भीर अवस्थामा नदी तर्ने क्रममा भासिएर मरेको अनुमान गरिएको बताए । निकुञ्ज हुँदै ठूला दुई राप्ती र नारायणी नदी बग्ने गर्दछन् । हरेक वर्षको वर्षायाममा ती नदी बढेर वन्यजन्तु बगाउने गर्दछ । रासस

नारायणी नदी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्