राशिफल - rasifal

तपाईंको आज : २०७७ भदौ ९ मंगलवारको राशिफल

२०७७ भदौ ९ मंगलवार
Aug 25, 2020
सप्तमी, महालक्ष्मी व्रतआरम्भ

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – प्रातःकाल थोरै अनुकुल देखिन्छ । मध्यान्ह पछि समयले कम साथ दिनेछ । मिलेर काम गर्दा डुविनेछ । गलत चिन्तनको शिकार हुने देखिन्छ । दुर्जनहरु पछि लाग्नेछन् । आर्थिक हिनामिना बढि हुनसक्छ । नयाँ क्षेत्रमा लगानी बढाउदा डुब्ने सम्भावना बढि देखिन्छ । परभावको सम्भावनालाई नकार्न सकिन्न । इच्छा आकाँक्षा मर्ने छन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – दाजुभाई तथा छिमेकी सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – स्वास्थ्य सबल छ । पठनपाठनमा प्रगति हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । गरेका क्रियाकलापको उच्च मूल्याङ्कन हुने समय छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – लगनशीलताले बिस्तारै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायमा अलमल हुन सक्छ। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउनेछन् भने सहयोगी जुटाउन निकै प्रयत्न गर्नुपर्ला। सन्तान र सहयोगीका माध्यमबाट काम बन्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । धन दिएर कोहि आपनो बन्नेछैन । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – नयाँ–नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरी मनग्गे धन सम्पति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई धन कमाउन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु फक्रियर जानेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – बन्दव्यापारमा ठूलो उपलब्धी लिन सकिने समय त छैन, तर आर्थिक बलियै देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनको इच्छा जाग्ने छ, तर कामको चाप र धनको अभावले निराशा हुनसक्छ । यात्रामा सावधानी अपनाउनु होला, नत्र नरमाइलो बन्नसक्छ । घरपरिवारमा मतभिन्नता बढ्न सक्छ । रसरङ्ग र मनोरञ्जनको इच्छा जाग्नसक्छ, तर चाहना पूर्ण गर्ने परिस्थिति बन्दैन ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्दा उपलब्धि सोचेजस्तो नहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउनेछन्। स्वास्थ्यमा पनि कमजोरी अनुभव हुनेछ। सहयोगीहरू पछि हट्न सक्छन्। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिने सम्भावना रहेकाले सजग रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – विहान थोरै काम हुनेछन् । मध्यान्ह पछि समयले कम साथ दिनेछ । योजना टुक्रिने देखिन्छ । काम गर्ने जोश जागर घट्नेछ । पारिवारिक सुख शान्तिमा कमि आउनेछ । धन सम्पतिको विषयलाई लिएर आफन्तसँग मन मुटाव बढ्नेछ । राजनैतिक व्यक्तिको सहयोग लिएर काम गर्ने सपना नदेख्नु होला । व्यापार खस्किने छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – मानसिक अशान्ति र बेचैनी हुने योग छ, सामान्य कुराले पनि मन पिरोल्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर दिनु हुँदैन । भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छन् । दाम्पत्य जीवन निरस रहने छ । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मेहनेतले प्रशस्त लाभ लिन सकिनेछ । बादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँकै जित हुने तथा सत्रु परास्त हुनेछन् । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्वन्धी समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेकोछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदामा उपयोग भइने सम्भावना छ। बेसुरमा गरिएको कामले समस्या निम्त्याउला। पारिवारिक असमझदारीले महत्वाकांक्षी योजना कार्यान्वयनमा बाधा पुग्नेछ। तापनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। आफन्तको सहयोगले काम बन्न सक्छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्