२०७७ भदौ ५ शुक्रवार
Aug 21, 2020
Tritiya
हरितालिका तीज (महिला बिदा)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – घरका समस्या समाधान हुनेछन् । नयाँ रोजगारीको खोजी हुनेछ । पुराना विवादित विषयको टुङ्गो लाग्नेछ । रजो गुण बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । देश,देशान्तरका बन्ध व्यापारबाट आम्दानी राम्रै हुनेछ । बैदेशिक कार्य सफल हुने देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । गायन,कला सहित्यमा रुची बढ्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – बोलिको प्रभाव बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । आज राज्यस्थानमा बलियो चन्द्रमाको उपस्थिति छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आर्थिक पक्ष सबल बन्नेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – प्रतिकुल वातावरणको सामना गर्नु पर्ला । गलत चिन्तन बढ्नेछ । अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कामजोर हुनेछ । मुखको अश्वासन धेरैको पाईनेछ तर व्यवहारिक सहयोग कसैको पाईने छैन । अन्तिम चरणमा पुगेका काम रोकिन छन् ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – सरकारी तथा पैत्रिक धन सम्पती हात लागी हुने सम्भावना रहेकोछ भने व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार हुनेहुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ । सवारी साधन तथा अन्य सम्पतीहरु लाभ हुने योग रहेकोछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। तर आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। आफ्ना योजनाबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। सोखले खर्च बढाउनेछ। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – भाग्यले साथ दिनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा अग्रसरता बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । सहयोगी मन भेटिने छन् ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभुती हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – सामाजिक र परोपकारी काममा संलग्न हुनुपर्ने समय चल्दैछ । त्यस्तै आफ्नै कुनै महत्त्वपूर्ण काममा दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । धार्मिक/सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। विविध समस्याले लक्ष्य प्राप्त गर्न नसकिएला। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – प्रातःकाल प्रतिकुल छ । मध्यान्ह पछि समय अनुकुल हुनेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । इच्छा आकाँक्षा बढ्नेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । पारिवारिक सुख शान्ति मिल्ने । मान्यजनबाट काम गर्ने प्रेरणा मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।