death

वि’षालु च्याउ खाँदा एकै घरका दाजुभाइको मृत्यु

प्युठान, २ भदौ । वि’षालु च्याउ खाँदा प्यूठानमा एकै घरका दाजुभाइको मृत्यु भएको छ । उक्त वि’षालु च्याउ खाँदा एकै परिवारका तीन जना विरामी परेका छन् ।

जंगलमा पाइने वि’षालु च्याउ खाँदा नौवहिनी गाउँपालिका-६ ढाखोलाका १५ वर्षका सुरेश घर्ती र उनका भाइ १३ वर्षका सुगम घर्तीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार नौबहिनी गा.पा.६ ढाखोला बस्ने बर्ष ३५ को बिष्णु घर्तिले जंगली बि’षालु च्याउको तरकारी पकाई खाँदा झाडापखाला लागी घरका ५ जनाको परिवार सि’किस्त बिरामी भएको थियो ।

बिरामीहरुलाई उपचारको लागी जिल्ला अस्पताल बिजुवार प्यूठान पठाएकोमा ५ जना परिवार मध्ये २ जनाको बाटोमै मृत्यु भएको र अन्य बिरामीहरुको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्यूठान नौबहिनी गा.पा.६ ढाखोला बस्ने बर्ष ३५ को बिष्णु घर्ति, उनकी श्रीमती बर्ष ३४ कि लिला घर्ति र छोरा बर्ष १६ को शसि घर्तिको उपचार हुदै गरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :-

बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गए राति ११:४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो । साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा सोमबार दिउँसो पोजेटिभको रिपोर्ट आएको थियो । मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्