death

कोरोना संक्रमणबाट कांग्रेस उपसभापति गिरीको निधन

नवलपरासी, ०२ भदौ। कोरोना संक्रमणबाट नवलपरासी पश्चिमका कांग्रेस उपसभापति सुवासचन्द्र गिरीको निधन भएको छ । ३७ वर्षीय गिरीको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको हो ।

रुपन्देहीको भैरहवामा रहेको मेडिकल कलेजमा पित्तथैलीमा रहेको पत्थरीको उपचारका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
गिरीको पित्तथैलीमा पत्थरी देखिएपछि अपरेसन गरिएको पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए । छातीमा समस्या देखिएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको पनि डाक्टर शाक्यले बताए ।

आफूलाई कोरोना पोजिटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै अस्पतालबाटै उनले फेसबुकमा स्टाटस लेखेका थिए । कोरोनाको लक्षण देखिएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २८ गते नै बुटवलको भीम अस्पताल रिफर गरिएको थियो । निमोनियाको लक्षणसमेत देखिन थालेपछि उनलाई परिवारले साउन ३० गते ललितपुरस्थित पाटन अस्पताल लगेका थिए ।

विजय गच्छदारको नेतृत्वमा रहेको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष रहेका गिरी पार्टी एकीकरणपछि कांग्रेसको जिल्ला उपसभापतिमा मनोनित भएका थिए । मधेस आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका गिरी एक सफल उद्योगीका रुपमा पनि स्थापित थिए । ई-कान्तिपुरबाट साभार

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्