डब्लूएचओ

कोरोना फैलिनमा २० देखि ४० उमेर समूहको हात बढी : डब्लूएचओ

कोरोना (कोभिड–१९) महामारी फैलिनमा २० देखि ४० वर्ष उमेर समूहका संक्रमित बढी जिम्मेवार रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ। मंगलबार वेस्टर्न पेसिफिकका क्षेत्रीय निर्देशक ताकेशी कासाईले यस्तो बताएका हुन्।

यी उमेर समूहका धेरैजसो संक्रमितलाई आफू संक्रमित भएको कुरा थाहा नभएकाले यस्तो भएको कासाईको भनाइ छ। यस उमेर समूहका धेरैजसो संक्रमितमा कुनै पनि लक्षण नदेखिने गरेको बताइएको छ।

यसैगरी कोरोना संक्रमण फैलने खतरा झन बढ्दै गएको समेत कसाईले बताएका छन्। ‘कोरोना संक्रमण फैलिने खतरा अझ बढेको छ’, उनले भने, ‘यो घना वस्तीमा खतरा छ। साथै अस्वस्थ मानिसलाई अझ जोखिम छ।’

गत डिसेम्बरदेखि फैलिएको कोभिड–१९ बाट हालसम्म विश्वभर २ करोड १८ लाख ८२ हजार बराबर संक्रमित भइसकेका छन्। जसमध्ये १ करोड ३८ लाख ८८ हजार ३०१ जना निको भइसकेका छन् भने ७ लाख ७४ हजार ३४ जनाको ज्यान गएको छ। एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्