death

पोखरामा पुन: २ जना कोरोना संक्रमितको मृत्यु

पोखरा, ०२ भदौ। पोखरामा कोरोना संक्रमणबाट पुन: दुइ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पोखरा महानगरपालिका वडा नम्बर १६ का निवासी ८७ वर्षिय वृद्ध रहेका छन्। उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि उनि साउन ३२ गते अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएका थिए। उक्त वृद्धमा उच्च ज्वरो पनि थियो ।

कोरोना संक्रमणको आशंकापछि उनको स्वाब जाँच्दा सोमबार मात्रै उनलाई कोरोना पुष्टि भएको थियो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत वृद्धको बिहान करिब ११ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । उनको अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ।

यस्तै, कास्की सेवा अस्पतालमा उपचाररत एक महिला पनि कोरोना संक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए। उनको मृत्यु पछि कोरोना पोजेटिभ आएको थियो। उनको पनि अहिले शव व्यवस्थापनको तयारी भइरहेको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस

पोखरा लकडाउन

पोखरा, ०२ भदौ। कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

उनका अनुसार आज राति १२ बजेदेखि ६ दिनसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिमा खाद्य पदार्थ र औषधिबाहेक अरु सबै पसल बन्द रहने जनाइएको छ । सो अवधिमा घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्य, सञ्चार र सुरक्षाकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक जिप्रकाबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् भने सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।

हिन्दू महिलाको महान् पर्व तीज र कुशे औंसी जस्ता चाडमा मानिसको भीडभाड हुने र सङ्क्रमण अझ फैलने सक्ने अवस्थालाई ध्यान दिएर निषेधाज्ञा लागु गरिएको जनाइएको छ । 

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्