michelle obama & donald trump (2)

मिशेल ओबामाको आ’क्रामक निशानामा डोनाल्ड ट्रम्प

अमेरिकाकी पूर्व प्रथम महिला तथा डेमोक्र्याटिक पार्टीकी प्रभावशाली व्यक्ति मिशेल ओबामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आ’क्रामक रुपमा प्रस्तुत भएकी छन्।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि जो बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गर्नका लागि सुरु भएको डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले ट्रम्पलाई निशाना बनाएकी हुन्।

भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पूर्व राष्ट्रपति बाराक ओबामा पत्नी मिशेलले भनिन्, ‘डोनाल्ड ट्रम्प हाम्रो देशका लागि गलत राष्ट्रपति हुन्।’

मिशेलले डेमोक्र्याटिक कन्भेन्सनका लागि तयार गरेको रेकर्डेड सन्देशमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीलाई बेवास्ता तथा तथ्यलाई बेवास्ता गरेका कारण अर्थतन्त्र खराब भएको उल्लेख गरेकी छन्।

ह्वाइट हाउसले नागरिकलाई एकीकृत गर्ने तथा अप्ठ्यारोमा सजिलो पार्ने गरी नेतृत्व प्रदान गर्नु पर्ने ट्रम्प नेतृत्वले त्यस विपरित विभाजन र बिग्रह मात्रै प्रदान गरेको तथा समभाव कतै प्रस्तुत नगरेको उनले बताएकी छन्।

‘ब्ल्याक लाइफ म्याटर्स’ लाई अझै पनि देशको सर्वोच्च कार्यालयले उपहास गरिरहेको भन्दै मिशेलले भावनात्मक सन्देशमा ट्रम्पमाथि आ’क्रमण गरेकी हुन्।

ट्रम्प प्रशासनको पछिल्लो चार वर्ष अमेरिकी बालबालिकालाई बताउन अति कठिन भएको उनले बताएकी छन्। उनले भनेकी छन्, ‘उनीहरुले हाम्रा नेताहरुले नागरिकहरुलाई राज्यको दुष्मनका रुपमा प्रस्तुत गरेको देखेका छन्, श्वेत प्राधनताका पक्षपातिहरुको समर्थन सर्वोच्च कार्यालयबाटै भएको छ।’

मिशेल ओबामाले अघि भनिन्, ‘डोनाल्ड ट्रम्पले काम राम्रोसँग गर्ने र आफूलाई प्रमाणित गर्नका लागि आवश्यक भन्दा धेरै समय पाए, तर स्पष्ट छ कि उनलाई त्यसमा कुनै वास्ता छैन।’

उनले भनिन्, ‘उनी हामी जे चाहन्छौँ त्यो हुनै सक्दैनन्, यहि नै सत्य हो।’ उनले पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेनलाई ‘अति नै सभ्य मानव’ का रुपमा चित्रित गरिन्। उनले भनिन्, ‘हामीले जो बाइडेनलाई भोट गर्नु पर्छ यसमै हाम्रो जीवन अडिए जसरी।’

कोरोना भाइरसको महामारीका कारण यो पटक डेमोक्र्याटिक पार्टीको चार दिने राष्ट्रिय सम्मेलन पूर्ण रुपमा अनलाइन मार्फत हुँदैछ।

आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावमा जो बाइडेनले उपराष्ट्रपति उम्मेदवार कमला ह्यारीसहित राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्ससँग प्रतिस्पर्धा गर्ने छन्। एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्