राष्ट्रकवि माधवप्रसाद घिमिरे

राष्ट्रकवि घिमिरेको अन्तिम संस्कार आज पशुपति आर्यघाटमा गरिने

काठमाडौँ, ३ भदाै । मंगलबार साँझ स्वर्गीय भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम संस्कार आज पशुपति आर्यघाटमा गरिने भएको छ । राष्ट्रकवि घिमिरेको मंगलबार ५ बजेर ५५ मिनेटमा दुखद निधन भएको हो ।

उनको स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचाररत अवस्थामा राखिएको थियो । वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेको निधनले सबैलाई दुखित तुल्याएको छ ।

चर्चित राष्ट्रिय गीत गाउँछ गीत नेपाली, आजै र राति के देखेँ सपना, फूलको थुङ्गा बगेर गयो, लगायतका कैयौँ गीतका रचनाकार घिमिरे वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहेर काम गरे ।

नवमञ्जरी वि.सं. १९४०, घामपानी, वि.सं. २०१०, नयाँ नेपाल वि.सं. २०१३, किन्‍नर- किन्‍नरी वि.सं. २०३३ जस्ता कविता सङ्ग्रह सङ्कलित छन् । उनलाई राष्ट कविको उपाधिले सम्मान गरिएको थियो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्