कोरोना बिरुद्धको खोप

चीनले यही वर्षको अन्त्यसम्ममा कोरोना विरुद्धको भ्याक्सीन तयार पार्ने घोषणा

चीनले यही वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सीन तयार पार्ने घोषणा गरेको छ । चिनियाँ फर्मा कम्पनी सिनोफर्माले संयुक्त अरब ईमिरेट् (यूएई)मा भ्याक्सीनको तेस्रो चरणको परीक्षण भइरहेको जनाएको छ ।

यो परिक्षणपछि यही वर्षको डिसेम्बर सम्ममा बजारमा उपब्ध हुने कम्पनीको विश्वास छ । सिनोफार्मका अध्यक्ष लिउ जिंगझेनले स्वयं आफैंमा भ्याक्सीन परिक्षण गरेको र उनमा कुनै खालको दुष्प्रभाव नभएको कम्पनीको दाबी छ ।

परीक्षणमा रहेको उक्त भ्याक्सीनको मुल्य १ हजार यूआन पर्ने बताइएको छ । चीनमा भ्याक्सीनको मुल्यलाई लिएर वि’वाद भइरहेको छ । यो मूल्य चीनका ग्रामीण भेगका आर्थीक अबस्था कमजोर भएका जनताका लागि महंगो हुने र उनीहरुले प्रयोग गर्न नसक्ने भन्दै चि’न्ता व्यक्त गरिएको छ ।

यद्यपी चीनमा पछिल्लो समय समुदाय स्तरमा संक्रमण न्युन हुँदै गएको पाइएको छ । हाल विश्वमा करीब २ सय कोरोना भ्याक्सीनको परिक्षण भईरहेको र त्यसमध्य २० भन्दा बढी मानिसमा परिक्षण गर्न सकिने गरी तयार गरिंदैछ ।

चीनको बेइजिङ र वुहानमा मात्रै हरेक वर्ष करोडौं संख्यामा भ्याक्सिन उत्पादन गर्न सक्ने क्षमताका कम्पनी रहेको बताइएको छ । एजेन्सी

vaccin

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *