पोर्चुगलका ७१ वर्षका राष्ट्रपतिले डुब्नै लागेका दुई महिलाको ज्यान बचाए

पोर्चुगलका ७१ वर्षका राष्ट्रपतिले डुब्नै लागेका दुई महिलाको ज्यान बचाए

पोर्चुगलका ७१ वर्षका राष्ट्रपति मार्सेलो रेबेलो डीले शनिबार अलगर्व बीचमा डुब्नै लागेका दुई महिलाको ज्यान बचाएका छन् । राष्ट्रपतिको यो साहसिक प्रयासको चौतर्फी प्रशंसा भइरहेको छ ।

दुई महिला सानो डुङ्गामा सवार थिए । यसैबीच उनीहरुको डुङ्गा पल्टियो । उनीहरु आफ्नो ज्यान बचाउनका लागि संघर्ष गरिरहेका थिए ।

समुद्र तटमा भएका राष्ट्रपति तत्काल पौडी खेलेर उनीहरु भएठाउँ पुगे र एक अन्य व्यक्तिको मद्दतले उनीहरुको ज्यान बचाए । राष्ट्रपति मर्सेलो देशको पर्यटन क्षेत्रमा टेवा पुर्याउनका लागि आजकाल यो इलाकामा आफ्नो छुट्टी मनाइरहेका छन् ।

राष्ट्रपतिले त्यतिबेला समुद्रमा ठूलो छाल आइरहेको र दुबैको मुखमा केही मात्रामा समुद्रको पानीसमेत भरिइसकेको जानकारी दिए । पानी पिएका कारण उनीहरु दुबैले पोडी खेल्न नसकेको राष्ट्रपतिले जानकारी दिए ।

घटनाको भिडियो फुटेजमा ७१ वर्षका राष्ट्रपतिले महिलाको पुकार सुनेर समुद्रमा हाम फालेको र पौडी खेल्दै उनीहरु भएठाउँ पुगेको देख्न सकिन्छ ।

त्यति नै बेला जेट स्कीमार्फत् एक व्यक्ति पनि महिलालाई बचाउन पुगे । राष्ट्रपतिले ती व्यक्तिलाई देशभक्त बताएका छन् । स्मरण रहोस्, मर्सेलो हृदयरोगी हुन् । बीबीसी

पोर्चुगलका ७१ वर्षका राष्ट्रपतिले डुब्नै लागेका दुई महिलाको ज्यान बचाए

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्