म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डा ज'लाएपछि सर्वत्र बिरोध र आलोचना

राष्ट्रिय झण्डा ज’लाएर म्युजिक भिडियो बनाउने समुहका ९ जना पक्राउ

राष्ट्रिय झण्डा ज’लाएर म्युजिक भिडियो बनाउने समूहलाई प्रहरीले पक्राउ छ । नेपालको झण्डा ज’लाएर म्युजिक भिडियो बनाउने समूहका मुख्य ग्याल्जोम दोर्जे तामाङ्गसहित ९ जना पक्राउ परेका छन् ।

ग्याल्जेनलाई प्रहरीले स्वयम्भूको भगवान पाउबाट पक्राउ गरेको हो । सो समूहले युट्युवमा अपलोड गरेको ‘देशद्रो’ही’ शीर्षकको भिडियो वि’वादमा परेको थियो ।

पक्राउ परेका मुख्य आ’रोपी ग्याल्जोन दोर्जे तामाङ भन्ने रोजित कुमार तितुङ मंगोलिनय ग्रुपका सदस्य हुन् । पक्राउ पर्नेमा लावाङ तामाङ, चलाकमान तामाङ उर्फ प्रयास, अनोज कुमार तितुङ उर्फ मंगोल बुद्ध, हुत्तबहादुर तामाङ उर्फ संजय, कमलबहादुर लामा, अरुणा थामीसहित ९ जना रहेका छन् ।

मकवानपुरमा सुट गरिएको मंगोल हप अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा आप’त्तीजनक शब्दहरु समेत राखिएको थियो । उक्त भिडियो युट्युबमा आउने बित्तिकै त्यसको चौतर्फी वि’रोध नेतादेखि कलकारसम्मले कार’बाहीको माग गरेको थिए ।

राष्ट्रको शान र मान रहेको झण्डामात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राजा ज्ञानेन्द शाह, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुको तस्वीर समेत ज’लाइएको छ । साथै बाहुन क्षेत्रीलाई शरणार्थी लगायत आप’त्तीजनक शब्दहरुको प्रयोग गरिएको छ ।

म्युजिक भिडियो बनाइ सार्वजनिक गर्ने समुहका ९ जनालाई पक्राउ गरी कार’बाहीको प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ । मुलुकी अप’राध संहिता–०७४ अनुसार जात, जाति सम्प्रदाय वा बर्गको भावनामा आघा’त पर्‍याउन पाइँदैन । त्यस्तै राष्ट्रिय झण्डाको अ’पमान वा क्षति गरेमा तीन बर्षसम्म कै’द वा तीस हजार जरि’वाना हुने कानुनी ब्यवस्था छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *