बायर्न म्युनिख फाईनलमा

ओलम्पिक लियोंलाई हराउँदै बायर्न म्युनिख फाईनलमा

फ्रान्सको ओलम्पिक लियोंलाई हराउँदै जर्मनीको बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । पोर्चुगलमा गएराति भएको दोस्रो सेमिफाईनल खेलमा बायर्नले लियोंलाई ३–० ले हरायो । बायर्नको जितमा सर्जी नाब्रीले दुई गोल तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

जितसँगै बायर्न म्युनिख ११ औं पटक युरोपको सर्वोच्च क्लब प्रतियोगिता च्याम्पियन्स लिगको फाईनलमा पुगेको हो । बायर्नले अहिलेसम्म ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

उ भन्दा बढी लिभरपुलले ६ पटक, एसि मिलानले ७ पटक तथा रियाल मड्रिडले १३ पटक यो उपाधि हात पारेका छन् । जारी सिजनको उपाधिका लागि बायर्नले अब फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी.) को सामना गर्नेछ ।

पहिलो सेमिफाईनल खेलमा जर्मनीको आर.बी लेप्जीगलाई पाखा लगाउँदै पिएसजी पहिलो पटक फाईनलमा पुगेको हो । एजेन्सी

बायर्न म्युनिख फाईनलमा

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्