उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द, निषेधाज्ञा झन कडा

काठमाडौं, ४ भदौ । बिहीबार उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका छन । बैंकका कर्मचारीलाई प्रशासन र प्रहरीले बाटैमा रोकेर कार्यालय जान अवरोध गरेपछि उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका हुन् ।

कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैंकर्स संघले बिहीबारको लागि उपत्यकाका सबै शाखाहरु बन्द गर्न आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक साताको लागि उपत्यकामा निशेधाज्ञा जारी गरे पनि न्यूनतम बैंकिङ सेवालाई सुचारु राख्न प्रशासनले सहमति लिएको थियो । सो सहमतिपछि राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कारोबार सूचारु राख्न निर्देशन दिएको थियो ।

तर, प्रशासनले पूर्व प्रतिवद्धता अनुसार बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि बैंक खुला गर्न नसक्ने निर्णयमा पुगेको बैंकर्स संघले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला सुरक्षा समितीको निर्णय अनुसार निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाको समयमा स्थानिय प्रशासनले तोकेको मापदण्डमा परेका बाहेक अन्य सवारी साधानलाई ट्राफिक प्रहरीले भेटेकै ठाउँमा ‘होल्ड’ गर्न थालेको छ । होल्ड गरिएकामा चारपांग्रे सवारी भन्दा दुईपांग्रे सवारी धेरै छन् । करिब ४ सय १० वटा मोटरसाईकल र स्कुटर होल्ड गरिएको छ ।

बिहिबार बिहान गाडी र मोटरसाईकल समेत ५ सय ९४ सवारी साधान होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले होल्ड गरेको सवारी साधान साँझ ८ बजेपछि मात्र सवारी धनिले फिर्ता पाउँछन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्