एम्बुलेन्स

चलिरहेको एम्बुलेन्सबाट ल’डेर लमहीमा एक जनाको मृत्यु

दाङ, ४ भदौ । चलिरहेको एम्बुलेन्सबाट ल’डेर लमहीमा एकजनाको मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका–७ भैँसाही नाका स्थायी घर भएकी ३५ वर्षीया कमला बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुडिरहेको एम्बुलेन्सबाट ल’डेर टाउकोमा ग’हिरो चो’ट ला’गेकी बिकको गएराती कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा भे.१ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँमा पुग्ने क्रममै लडेकी थिइन् । कमलासँगै एम्बुलेन्समा अन्य २ जना सवार थिए । एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रणमा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् :-
पोखरा, ४ भदौ ।
गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । बिहिबार बिहान प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार थपिएका ६ जना कास्की, तनहुँ, र स्याङ्जाका रहेका छन् ।

प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नं. ५ का १४ वर्षिय परुष र १६ वर्षिय महिला, पोखरा ८ का ४२ वर्षिय एक महिला रहेका छन् । त्यस्तै भानु नगरपालिका ६ का ३७ वर्षिय पुरुष र भानु कै वार्ड नखुलेका २८ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै स्याङको गल्याङ नगरपालिका १ का ४० वर्षिय महिलामा पनि कोरोना पुष्टि भएको जनाइएको छ । उनिहरुलाई सम्बन्धीत जिल्लाको आइसोलेशनमा लैजाने तयारी भईरहेको निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद विन्दु शर्माले जानकारी दिए ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय १८ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्