तीज कसरी मनाउदै हुनुहुन्छ ?

बिगतका तीजमा अत्याधिक ब्यस्त रहने ५ गायिकाको यसपालिको तीज

काठमाडौँ , ०४ भदौ। नेपाली नारीहरुको महान पर्व हरितालीका तीज हाम्रो घर आँगनमा नै आइपुग्यो । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ ।

तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

तर यस बर्ष भने चेलीबेटिहरुमा बिगतका बर्षहरुमा जस्तो उत्साह, उमंग भने देखिदैन । कोरोना कहरका बिच यस बर्षको तीज सबैले घरमै बसेर मनाउनु पर्ने बाध्यता रहेको छ । खुकुलो पारीएको लकडाउन पनि संक्रमित बढेसंगै फेरी कडा गरिएको छ ।

कोरोना संक्रमणका कारण कतै लकडाउन जारी गरिएको छ भने कतै निषेधाज्ञा जारी गरिएको छ । यसको प्रत्यक्ष असर सिङ्गो देशलाई नै परेको छ । यो परिस्थितीबाट नेपाली लोक संगीत क्षेत्र पनि अछुतो रहन सकेन । तीजको अवसर पारेर बिभिन्न देश तथा बिदेशका कार्यक्रमहरु धाउने कलाकारहरु पनि यतिबेला घरमै बस्न वाध्य छन ।

बिगतका बर्षहरुमा तीजको बेला निकै ब्यस्त हुने गायिकाहरु मध्यका ५ गायिकाहरुको तीज कस्तो हुँदैछ त ? आज हामी यो बिषयमा चर्चा गर्दै छौ ।

प्राज्ञ. हरिदेबी कोइराला

१ – प्राज्ञ हरिदेबी कोइराला

निकै लामो समय देखी नै मौलिकतालाई जोगाउनु पर्छ भन्ने उद्देश्यका साथ हरेक बर्ष आफ्नो मौलिक तीज गीत बजारमा पस्किदै आएकी गायिका हुन हरिदेबी कोइराला । उनको यस बर्ष पनि ‘कस्ता दिन गए बरै’ बोलको गीत बजारमा आएको छ ।

आफ्नै लय तथा शब्द सिर्जनामा ११/१२ सय गीतहरु गाइसकेकी कोइराला पछील्लो समयमा तीजका गीतहरुमा देखिएका बिकृती प्रती चिन्ता प्रकत गर्छिन । उनी भन्छिन – ‘यसरी तीज गीतको मौलिकता हराउँदै जाने हो भने भोलिका हाम्रा सन्ततीले तीजका गीत भनेर कस्ता गीत बुझ्लान खोइ ?’

कोरोना कहरका बीच घरमै बसेर प्रविधिको प्रयोग गर्दै जुम मार्फत विभिन्न संघ सस्थाहरुलाई सुभकामना आदान प्रदान गर्दै यस बर्षको तीज मनाउन लागेको हरिदेबी बताउछिन।

साथै ९ ओटा साहित्यिक कृति प्रकाशन गरिसकेकी कोइरालाले एउटा कबिता संग्रह र बालगीतको तयारीमा जुटेकी छन्। पुराना गीतको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफ्ना पुराना १२ ओटा गीत छायांकन गरी आफ्नै आधिकारिक युट्युब च्यानल हरिदेबी कोइरालामा सार्बजनिक समेत गरेकी छन् भने पुराना गीतहरुको पुन: रेकर्डिङ्ग गर्ने तयारी गरेकी छन्।

शर्मिला गुरुङ

२ – शर्मिला गुरुङ

लामो समय देखि मौलिक गीतहरु बजारमा भित्राउँदै आएकी लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले पनि यसपालिको तीज घरमै मनाउने भएकी छन्। साथीहरु जमघट गरी खानपिन गर्ने र रमाइलो गर्ने उनको चाहना कोरोना कहरले पुरा हुन दिएन।

“लकडाउन पछि धेरै गीतहरु गाउने अवसर पाएँ केहि तीजका गीतहरु थिए त केहि संदेश मुलक गीतहरु थिए।” उनी भन्छिन अरु बेला जस्तो कार्यक्रमको चाप छैन। त्यसैले यसपालिको तीज घरमै आराम गरेर मनाउदै छु। साथै उनले सबैलाई आफु सुरक्षित भई तीज मनाउन समेत आग्रह गरकी छन्।

देबी घर्ति

३ – देबी घर्ति

तीजको बेलामा ब्यस्त हुने अर्की लोक दोहोरी गायिका हुन् देबी घर्ति – यसबर्ष भने उनले पनि कार्यक्रमहरु बाट छुट्टी पाएकी छन्। “तीज त यसपाली घरमै बसेर खाने बस्ने मात्र हो। देबी भन्छिन धेरै वर्ष पछि तीजमा परिवार संगै हुँदा ठिकै पनि लाछ।”

बर्षको एउटा उत्कृष्ट गीत पस्किदै आएकी गायिका देबी घर्तीको यस बर्ष पनि “दुइ बिसले छोयो” गीत सार्बजिक भएसंगै चर्चा बटुल्न सफल भयो। अन्य थुप्रै गीतहरु गाइन, बजारमा पनि आए र चर्चा पनि कमाए ।

तर पछील्लो समय आएको प्रकाश सपुतको सिर्जनमा रहेको गीत बदला बारीलैले भने उनलाई अन्तरवार्तामा भ्याइ नभ्याइ बनायो । कोरोना कहरले घरमै बसेर तीज मनाउनुको रमाइलो एकातिर छ भने दर्शक हरुसंग रमाइलो गरेर तीज मनाएको सम्झना पनि आइ रहेको उनी बताउँछिन ।

प्रीती आले मगर

४ – प्रीती आले

अहिलेका युवा पुस्ताले धेरै रुचाउने गायिका हुन प्रीती आले । तीज आएपछी कुन कार्यक्रम जाम र कुन छोडम हुने प्रीती लाई पनि यसपाली कोरोना कहरले घरमै आराम गर्ने अवसर दिएको छ ।

बिगतका बर्षहरुमा प्राय बिदेशमा तीज मनाउने उनी अहिले भने साधारण तरिकाले घरमै बसेर मनाउने बताउँछिन । उनको यो बर्ष माइत जाने सोच थियो तर कोरोनाले उनको सपना पनि पुरा हुन दिएन ।

उनी भन्छिन,”बिगतका तीजहरुमा जान्छु भन्दा पनि कार्यक्रमले फुर्सद पाइन, यसपाली भने फुर्सद हुँँदा समेत् माइत जान पाइन।”

सम्झना लामिछाने मगर

५ – सम्झना लामिछाने मगर

तीजको बेलामा प्राय कार्यक्रमले फुर्सद नपाउने अर्की गायिका हुन सम्झना लामिछाने मगर । यसबर्ष भने उनले पनि तीज अरुको जस्तै साधारण तरिकाले मनाउने बताउँछिन ।

‘काठमाडौंमा आफ्नै घर परिवार संगै बसेर यो बर्षको तीज मनाउदै छु । ‘ उनी भन्छिन, ‘सबै साथी भाईलाई सामाजिक संजाल मार्फत शुभकामना आदानप्रदान गरी तीज मनाउँदै छु ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्