वैदेशिक रोजगारी

श्रम स्वीकृति लिएकामध्ये ४ हजारभन्दा बढी युवा विदेश जान पाएनन्

काठमाडौं, ५ भदौ । कोरोना सं’कटअघि बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिएकामध्ये ४ हजारभन्दा बढी युवा विदेश जान पाएका छैनन् । सरकारले विदामा आएका श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरे पनि श्रम गन्तव्य मुलुकसँग कूटनीतिक पहल नगर्दा विदेश जान नपाएका हुन् ।

हालसम्म ५ हजार ५ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएको भए पनि युएई र जापानबाहेक अन्य देश जाने ४ हजार भन्दा बढी युवा जान पाएका छैनन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अन्तरर्राष्ट्रिय उडान सुरु नभएका कारण श्रम स्वीकृति लिएका नेपाली विदेश जान नपाएको बताए ।

“श्रम स्वीकृति लिएकामध्ये यूएईलगायत केही देशमा भने नेपाली गएका छन्,” प्रवक्ता घिमिरेले भने, “अन्य देश जाने श्रमिकको हकमा भने कसरी पठाउने भन्नेबारे कुटनीतिक पहल गरिने बताए ।” कारोबार दैनिकमा खबर छापिएका छ ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ, ५ भदौ । उपत्यकामा जारी निषे’धाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ ।

बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ । समितिका अनुसार कालीमाटी बजारमा बुधबारका लागि ४७६ मेट्रिक टन तरकारी भित्रिएकोमा बिहीबारका लागि छ सय मेट्रिक टन तरकारी भित्रिँदासमेत भाउ बढेको छ ।

समितिका अनुसार बुधबार प्रतिकेजी १६५ रुपैयाँ थोकमा बिक्री भएको कागती बिहीबार २९५ रुपैयाँमा किनबेच भइरहेको छ भने प्रतिकेजी ५६ रुपैयाँ थोकमा कारोबार भएको गोलभेँडा ७० रुपैयाँ भएको छ ।

यस अवधिमा करेला प्रतिकेजी २२ रुपैयाँबाट ३० रुपैयाँ, तामा प्रतिकेजी ९० रुपैयाँ थोक मूल्यबाट ११० रुपैयाँ पुगेको छ । यस्तै तनेबोडी प्रतिकेजी ९५ रुपैयाँ थोक मूल्य बढेर ११० रुपैयाँको पुगेको समितिले जनाएको छ ।

यी तरकारीको भाउ खुद्रा बजारमा अझै छोइ नसक्नुछ । एक दिनमै ८० प्रतिशतसम्म तरकारी महँगो हुनु तरकारी व्यापारीको कालोबजारी भएकाले अनुगमन गरेर कारबाही गरिनुपर्ने बताइएको छ । गोरखापत्रमा खबर छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्