काठमाडौं, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईजना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेहारुमा केन्द्रीय सदस्यद्धय डाचाराज वाग्ले र अच्युतम काफ्लेरहेका छन । वाग्ले र काफ्ले दुवै जना सर्लाही जिल्ला निवासी हुन् ।
केन्द्रीय सदस्य काफ्लेले गत साउन २६ गते हरिवनमा गरेको परीक्षणमा ३२ गते पोजेटिभ रिपोर्ट आएको बताए । उनी अहिले आफ्नो घरमै आइसोलेसनमा बसेका छन । त्यस्तै वाग्लेले पनि साउन १ गते परीक्षण गरेकोमा ४ गते रिपोर्ट पोजेटिभ आएपछि घरमै बसेको जनाइएको छ ।
यो पनि पढ्नुहोस् :- काठमाडौं, ५ भदौ । कोरोना संक्रमणका कारण प्यूठानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ बर्षिय मान बहादुर गौतमकोे कोभिड अस्पताल बुटवलमा मृत्यु भएको हो ।
उनलाई गत साउन ३२ गते संक्रमण पुष्टि भएको थियो । उनी उच्चरक्तचाप र मधुमेहका रोगी थिए । संक्रमण पुष्टि भएपछि नगरपालिकाको आइसोलेसनमा बस्दै आएका उनमा कोरोनाका लक्षण देखिएपछि उपचारका लागि कोभिड अस्पताल बुटवल पठाइएको थियो ।
त्यस्तै, ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ ।
त्यस्तै, भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहीबार मृत्यु भएको हो ।
मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा प्रमोद पौडेलले जानकारी दिए । उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।