नेपाल प्रहरी

ह’त्या आ’रोपी पक्राउ गर्न गएका सबै प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, ६ भदौ । पछिल्लो समय प्रहरीमा थु’नुवाका कारण पनि संक्रमणको जोखिम बढ्दै गएको छ । यस्तै एक ह’त्या आ’रोपी संक्रमितबाट उनलाई पक्राउ गर्न गएका प्रहरी टोलीका सबै सदस्यमा संक्रमण देखिएको आशं’का गरिएको छ ।

केही समय अघि काठमाण्डौंमा भएको एक ह’त्यामा संलग्न भएको आ’रोपमा दोलखाका दोर्जे शेर्पालाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको थियो । दोर्जेमा सक्रमण पुष्टिभएसंगै संलग्न प्रहरीहरुमा पनि कोरोना सरेको बताइएको छ ।

पक्राउमा संलग्न एक निरीक्षक, एक प्रहरी नायब निरीक्षक र एक प्रहरी सहायक निरीक्षक सहित ९ जनामा संक्रमण देखिएको हो । संक्रमित प्रहरीहरुलाई प्रहरी अस्पतालको आइसुलेशन केन्द्रमा राखिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् :-

सिरहा, ६ भदौ । मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सरहाको मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो ।

बुधबार उनी गाउँमा हिँडडुल गर्दागर्दै एक्कासि बेहोस भएर ढलेका थिए । पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट शिकिस्त थिए । लामो समयदेखि उनी दीर्घ रोगी समेत रहेको बताइएको छ । कोरोना जस्तो लक्षण देखा परेपछि मंगलबार ती पुरुषको थ्रोट स्वाब लिइएको थियो ।

बुधबार नै मृत्यु भएका उनको रिपोर्ट आउनु पूर्व गाउँलेहरुले हिन्दु रितिरिबाजअनुसार विधिपूर्वक दा’हसंस्कार गरेका थिए । तर, दा’हसंस्कारपछि बेलुकी मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि सिंगो गाउँमै संत्रा’स छाएको छ । दा’हसंस्कार गर्नेमा गाउँले र आफन्त गरी १५० जना भन्दा बढि मानिस सहभागी थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्