मृत्यु

पर्सामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु

पर्सा, ०६ भदौ। संक्रमणको ‘हटस्पट’ मानिएको पर्साको वीरगन्जमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा दुबै पर्सा जिल्लाकै भएको र उनीहरु मृगौला र मधुमेहका रोगी रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको हो।

त्यस्तै बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उच्च रक्तचाप, मुटु र दम सम्बन्धी पीडित रहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ ४ गते वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो । उनमा ज्वरो, श्वास प्रश्वास, टाउको दुखाइ, बान्ता हुने समस्या देखिएको थियो । प्रशासन कार्यालयका अनुसार दुवै जना संक्रमितको वीरगञ्ज हेल्थ केयर (नारायणी कोभिड अस्पताल) मा मृत्यु भएको हो ।

यससँगै वीरगञ्‍जमा अहिलेसम्म ३६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

यो पनि पढ्नुहोस् :-

मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि, मलामी गएका गाउँले त्र’सित

सिरहा, ६ भदौ । मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सरहाको मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो ।

बुधबार उनी गाउँमा हिँडडुल गर्दागर्दै एक्कासि बेहोस भएर ढलेका थिए । पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट शिकिस्त थिए । लामो समयदेखि उनी दीर्घ रोगी समेत रहेको बताइएको छ । कोरोना जस्तो लक्षण देखा परेपछि मंगलबार ती पुरुषको थ्रोट स्वाब लिइएको थियो ।

बुधबार नै मृत्यु भएका उनको रिपोर्ट आउनु पूर्व गाउँलेहरुले हिन्दु रितिरिबाजअनुसार विधिपूर्वक दा’हसंस्कार गरेका थिए । तर, दा’हसंस्कारपछि बेलुकी मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि सिंगो गाउँमै संत्रा’स छाएको छ । दा’हसंस्कार गर्नेमा गाउँले र आफन्त गरी १५० जना भन्दा बढि मानिस सहभागी थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्