माधवकुमार नेपाल

माधवकुमार नेपालको सुरक्षामा खटिएका सात जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ

काठमाडौं, ६ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका सात जना सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । नेपालको सचिवालयले सात सुरक्षाकर्मीमो कोरोना भाइरस संक्रमण भएको जनाएको छ ।

पूर्वप्रधानमन्त्री नेपालको परिवारसहित सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएकोमा शुक्रबार राति नतिजा आएको थियो। जसमध्ये ७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

माधव नेपाल लगायत उनका परिवारका अन्य सदस्यलाई भने संक्रमण नदेखिएको बताइएको छ । कोरोना संक्रमण देखिएका सुरक्षाकर्मीमध्ये एक जना नेपाल प्रहरी हुन् भने बाँकी ६ जना सशस्त्र प्रहरी रहेको सचिवालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् :-

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २ वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने अपेक्षा गरेको छ । डब्ल्युएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा बढेको जनाएका छन् ।

सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै उनले कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गर्न सकिने बताएका हुन् । तर, अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले बताएका छन् ।

‘पक्कै पनि भाइरस थप फैलिने सम्भावना छ । तर, हामीसँग प्रविधि छ, जसले भाइरसको संक्रमणलाई रोक्न पनि सकिन्छ,’ जेनेभा भएको पत्रकार सम्मेलनमा उनले भने । कोरोना भाइरसविरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता र विश्वव्यापी सहकार्य अत्यावश्यक रहेको उनले बताए । अहिले विश्वमा कोरोना भाइरसबाट संक्रमित २ करोड ३० लाखभन्दा बढी छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्