चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको आधुनिक गीत ‘घि’टी’ बजारमा सार्वजनिक भएको छ । आफ्नी मायालुलाई कसैले नजर लगाएको तथा अरुले नराम्रो दृष्टि राखेको आँफुलाई मन नपर्ने भाव गीतमा पाउन सकिन्छ ।
अमेरिकामा रहेर पनि गीत संगीतलाई निरन्तरता दिने क्रममा राजेन्द्र खड्काको ‘घि’टी’ बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको हो । गीतमा टिका खड्काको शब्द सिर्जना रहेको छ । गीतकार टिका खड्काको यस अघी “मनमा राखन” बोलको गीत सार्वजनिक भएर चर्चा पनि बटुल्न सफल भएको थियो ।
नरेन्द्र बियोगिले संगीत संयोजन गरेको गीतलाई श्याम श्वेत रसाइलीले अडियो मास्टरिङ्ग गरेका हुन । प्रस्तुत गीतको भिडियोमा भने एउटा मृ’त आ’त्माले आएर म’र्न लागेको ब्यक्तीलाई सम्झाइ, बुझाइ गरेर बँ’चाएको देख्न सकिन्छ ।
प्रथम क्षेत्रीको कथा, कोरियोग्राफी तथा निर्देशनमा तयार पारीएको गीतको भिडियोमा प्रथमलाई कुसुम गुरुङले अभिनयमा साथ दिएकी छन । नवराज उप्रेतीले छायांकन गरेको गीतलाई अनन्त घिमिरेले सम्पादन गरेका हुन ।
गीतको पुरै भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् :-