अमेरिकी राष्ट्रपति ट्रम्पको अफेयर

अमेरिकी राष्ट्रपति ट्रम्पको अफेयर एक पो’र्नस्टारसंग यस्तो छ रहस्य !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पो’र्नस्टारलाई ठूलो रकम तिर्नुपर्ने भएको छ। एक अदालतले ट्रम्पलाई ती पो’र्नस्टारलाई ४४ हजार १ सय डलर (५२ लाख नेपाली रुपैयाँ) तिर्न आदेश दिएको छ। आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदैछ ।

निर्वाचनको मुखमा अदालतको यस्तो फैसलाले दोस्रो कार्यकालका लागि चुनाव ल’ड्न लागेका ट्रम्पलाई स’मस्यामा पार्न सक्ने देखिएको छ । स्टर्मी डेनियल नामकी पो’र्नस्टारलाई यो रकम तिर्न ट्रम्पलाई अमेरिकाको एक अदालतले आदेश दिएको सीएनएनको रिपोर्टमा जनाइएको छ ।

स्टर्मी डेनियलले ट्रम्पसँग आफ्नो अफेयर भएको दावी गरेकी थिइन्। ट्रम्पले भने स्टर्मीको यो दावीलाई अस्वीकार गर्दै आएका थिए । ट्रम्पले स्वीकार नगरेपछि स्टर्मीले अदालतमा मुद्दा हालेकी थिइन् उनको मुद्दा पछि रद्द भएको थियो ।

अहिले अदालतले मुद्दाको क्रममा स्टर्मीले खर्च गरेको पैसा ट्रम्पले तिर्नुपर्ने आदेश दिएको हो । क्यालिफोर्नियाको अदालतले ट्रम्पलाई ५२ लाख रुपैयाँ तिर्न आदेश दिएको छ । डेनियल्सका वकिलले यसबारे जानकारी दिएका हुन् । स्टर्मी डेनियल्सले अदालतको फैसलापछि ट्वीट गरिन् ‘हो, एक अर्को जीत !’

ट्रम्पविरुद्ध मुद्दा हालेपछि स्टर्मीले एउटा किताब पनि लेखेकी थिइन् जसमा उनले ट्रम्पसँग आफ्नो अफेयरबारे खुलेर लेखेकी थिइन् । यो किताब निकै चर्चामा रहेको थियो । डेनियल्सले ट्रम्पसँगको आफ्नो कथित अफेयरपछि आफूलाई चुप रहनको लागि पैसा दिइएको समेत दावी गरेकी थिइन् ।

स्टर्मीको दावीअनुसार यसको लागि सम्झौता गरिएको थियो । ट्रम्पका वकिलको तर्फबाट उनलाई १ लाख ३० हजार डलर (१ करोड ५५ लाख नेपाली रुपैयाँ) दिइएको थियो । डेनियल्सले २००६ मा ट्रम्पको आफूसँग अफेयर भएको दावी गरेकी थिइन् तर ट्रम्पले पटक पटक यसलाई अस्वीकार गरेका थिए । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *