दीपाश्री निरौला

आज दीपाश्री निरौलाको जन्मदिन, आफ्ना ३ ओटा गल्ती भएको भन्दै मागीन माफी

हाँस्यकलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले शनिबार आफ्नो जन्मदिन मनाउँदैछिन् । उनले शनिबार आफ्नो ४५ औँ जन्मदिन मनाउन लागेकी हुन् । नेपाली हाँस्य क्षेत्र र चलचित्रमा आफूलाई स्थापित गराएकी दीपाश्री अभिनयमा मात्रै होइन निर्देशनमा पनि आफू अब्बल रहेको देखाइसकेकी छन् ।

आज उनै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको आज जन्मदिन परेको छ । जन्मदिन उनले परिवार र नजिकका साथीहरुसँग मनाउदै छिन् । जन्मदिनको अवसरमा उनलाई विभिन्न माध्यबाट शुभकामनाका प्राप्त भइरहेका छन् ।

जन्मदिनकै अवसर पारेर उनले केही समयपछि सार्वजनिक अभिव्यक्ति समेत राखेकी छन् । गएको महिना एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण वि’वाद र आ’लोचनाको पात्र बनिन् । अभिनेता राजेश हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि गा’लीग’लौजमा उत्रिए । उनलाई अ’श्लिल गा’लीको समेत वर्षा भयो ।

अन्तर्वार्ता दिने क्रममा आफू बडी ल्याङ्वेज र शब्द चयनमा चु’केको भन्दै अभिनेता हमालका प्रशंसकसँग माफी माग्दा पनि उनी ट्रोलको शि’कार भइन् । सामाजिक सञ्जालमा उनीमाथि भइरहेको अ’शिष्ट टिप्पणीलाई रोक्न अभिनेता राजेश हमालले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनलाई माफी दिन आफ्ना प्रशंसकलाई आग्रह गरेपछि यो वि’वाद साम्य भयो ।

दीपाश्री निरौला

उक्त वि’वादपछि मौन रहेकी दीपाश्रीले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै तीन दशकको कला यात्रामा आधा समय दुःखमा वितेको र अहिले काममा सफलता मिले पनि व्यक्तित्व विकासका कुरामा आफूमा अझै कम’जोरी रहेको बताएकी छन् । उनले भोलीका दिनमा पुनः त्यस प्रकारका गल्ती नदोहोर्‍याउने विश्वास व्यक्त गरेकी छन् ।

२०६० सालमा निर्माण भएको हाँस्य सिरियल ‘तितो सत्य’ पछि कलाकारितामा आफुले पछाडी फर्किएर हेर्नु नपरेको समेत उल्लेख गरेकी दीपाले चलचित्र, टेलिचलचित्रमा दर्शकले दिएको माया प्रति आभार समेत ब्यक्त गरिन् ।

‘कामको सफलता त पाएँ मैले । तर व्यक्तित्व विकासका कुरामा भने मेरो अझै कम’जोरी रहेछ,’ दीपाले अगाडि भनेकी छन्, ‘मिडियामा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चलाखीपूर्ण रुपमा कसरी उत्तर दिने भन्नेमा मेरो अझै कम’जोरी रहेछ । यो कुरा फिल गरे ।’

वि’वादले आफुलाई राम्रो शिक्षा दिएको बताएकी दीपाले ठूलो आँधीबेरी आएपछि रुखमा कु’हिएका फलहरु झरे झैँ आफ्नो कम’जोरी बि’वादको आधीँबेरीले झारेको बताइन् । उनले थपिन् ‘अन्तरवार्तामा मैले तीन ओटा ग’ल्ती गरे ।’ उनले अन्तरवार्तामा जानु, आफ्नो आवेगलाई रोक्न नसक्नु र सिनियर कलाकारको बारेमा टिप्पणी गर्नु आफ्नो ग’ल्ती भएको स्पस्ट परेकी छन् ।

राजेश हमालको बारेमा गलत बोल्यौ भनेर भन्ने दीपकराज गिरीलाई पनि महानायक भनेर ट्रोल बनाइएको, टीमलाई नै गा’ली ग’लौज गरेको देख्दा आफुलाई आ’त्मग्लानी भएको समेत बताएकी दीपाले ‘अबदेखि यस्तो ग’ल्ती नदोहार्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।’ उनले उक्त लाइभमा अबको समय व्यक्तित्व विकास र राम्रो चलचित्र निर्माणमा दिने समेत उल्लेख गरेकी छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्