नाइटक्लबमा प्रहरीले छापा मार्दा भएको भागदौडमा किचिएर १३ जनाको मृत्यु

नाइटक्लबमा प्रहरीले छापा मार्दा

पेरुमा कोरोना भाइरसको प्रतिबन्धलाई उल्लङ्घन गर्दै सञ्चालन गरिएको नाइटक्लबमा प्रहरीले छापा मार्दा भएको भागदौडमा किचिएर १३ जनाको मृत्यु भएको छ । लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु भाग्ने क्रममा यो घटना भएको हो । प्रत्यक्षदर्शीहरुले अश्रुग्यास प्रयोग भएको जनाएका छन् ।

यता, राष्ट्रपति मार्टिन भिजकाराले पक्राउ परेका २३ जनामध्ये १५ जना कोरोना भाइरस संक्रमित रहेको पाइएको बताए । अब छापा मार्दा संलग्न प्रहरीको पनि कोरोना जाँच गरिनेछ ।

दक्षिण अमेरिकी देशहरुमा पेरु कोभिड–१९ बाट धेरै प्रभावित हुने देशहरु मध्ये पर्दछ । हालसम्म त्यहाँ ५ लाख ७६ हजार संक्रमित फेला परेका छन् भने हालसम्म २७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

देशमा गत मार्चदेखि रात्रिकालिन समयमा कर्फ्यू लागू गरिएको छ भने ठूला भेलाहरु प्रतिबन्ध गरिएको छ । पेरुका गृहमन्त्रीका अनुसार करिब १२० जना उक्त गैरकानुनीरुपमा आयोजित जन्मदिनको पार्टीमा सहभागी थिए ।

प्रहरीले त्यहाँ छापा मारेपछि उनीहरु साँधुरो बाटो हुँदै भाग्ने प्रयास गरेका थिए । घटनामा २० देखि ३० वर्ष उमेर समूहका ११ पुरुष र २ महिलाको निधन भएको छ । एजेन्सी

नाइटक्लबमा प्रहरीले छापा मार्दा
नाइटक्लबमा प्रहरीले छापा मार्दा
नाइटक्लबमा प्रहरीले छापा मार्दा
नाइटक्लबमा प्रहरीले छापा मार्दा
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्